कलेज फेस्टिभल को पहिलो अनुभव
गएको सेप्टेम्बर २५ र २६ मा (大学祭) College Festival भएको थियो। पोहोर सालमा हामी नेपाली हरु को संख्या कम्ती भएको कारणले गर्दा भनौ कि त्यहा गएर के गर्ने भन्ने कुरा त्यति थाहा नभएर भाग लिएनौ । यसपालि चाँही हामीले College Festival मा भाग लिने मनसाय बनाएको थियौ,के गर्ने त्यति आईडीया त थिएन तर पनि हामीले चाँही ठमेल तिर पाउने सामान हरुको स्टल राख्ने बिचार गरेर नेपाल बाट २,३ हजारको सामान मगाएका थियौ। Bangladesh, China ,Korean ,Vietnam को विद्यार्थीहरुले चाँही खाने कुराहरु को स्टल। जापानिज हरु को धेरै हुने नै भैहाल्यो । हामी त पहिलो पटक, सामान हरु पनि धेरै बिक्दैन होला भनेर थोरै मगाएका थियौ त्यसैले पसल पनि सानै भयो । १० बजे देखी Festival शुरु भयो । युनिभर्सिटीकै विद्यार्थी हरु अनि त्यहा हेर्न आएका बहिर तिर बाट का पाहुनाहरु को भीड पनि बिस्तारै बाक्लो हुँदै गयो । हाम्रो सामान हरु निक्कै सस्तो भएकोले पसल राखेको ४ घण्टा भित्रमा आधा भन्दा धेरै सामान हरु मजाले बिक्री भयो। हुन पनि झन्डै झन्डै नेपालकै भाउमा बिक्री गरेका थियौ। हाम्रो सामानहरु बढी सस्तो भयो भन्ने हरु पनि थुप्रै थिए। त्यही त हो पहिलो पटक भएकोले महँगो राख्यो भने कसैले नकिनेर साँउ पनि उठ्दैनकी भन्ने पिर पनि थियो , बरु नाफा नभए पनि सही, साँउ पनि उठ्ने अनुभव पनि हुने तरिकाले सस्तैमा राख्नु बेश भनेर त्यही गरियो । दोस्रो दिन पनि राम्रै भयो। जे होस् नाफा पनि त्यती धेरै त भएन तर अनुभव चाँही राम्रै किसिमको भयो। त्यो भन्दा पनि धेरै मान्छे हरु सित चिनजान भयो । नेपाल थाहा नहुनेहरु लाई पनि नेपाल चिनाउन पायो । २ जना जतिलाई चाँही २ बर्ष भित्रमा साथीहरु लिएर नेपाल घुम्न जाने बनाइयो। नेपाल को , पोखरा ,कालापत्थर बाट देखिने सगरमाथा , नगरकोट अनि बौद्धनाथको पोस्टरले पनि धेरै जनाको ध्यान तान्यो. समग्रमा भन्नु पर्दा यसपालीको कार्यक्रम सफल भयो. अब अर्को पटक चाँही पस्मिनाको सामान हरु ल्याउनु पर्ला भन्ने सोचिरहेको छु । अनि नेपाली म:म: पसल पनि राख्ने कार्यक्रम छ। हेरौ ,त्यति बेला सम्ममा के हुन्छ। त्यही त हो साथीहरु सित कुरा मिल्नु पर्यो , मिलाउनु पर्यो । जाँड खाने कुरामा त साथीहरु पनि सबै एकमत हुन्छन क्यारे । भएको काम पनि छुट्टी लिन मिल्छ ,अब त्यस्तो कार्यक्रम गरौ भन्दा कसैको के कसैको के , खैर, त्यस्तो नहोला भन्ने आशा छ, खासमा यसपाली पनि हामीले नेपाली हरु को यूनीटि देखाउनु पर्छ भन्दा भन्दै २ जनाले अन्तिममा आएर धोका दिएरै छाड्यो। धोका दिनेलाई के भनौ र खै ... तर
2 comments :
राम्रो काम गर्नुभएछ! नेपालको पहिचान बढाउने र सकारात्मक बनाउने काम हामी सबैले गर्नैपर्छ।
तपाईँको यूनिभर्सिटिचाहिँ कुन हो नि?
कमेन्टको लागि धन्यवाद दाई , मेरो युनिभर्सिटी चाँही Yokkaichi भन्ने हो ।
Post a Comment