To Follow This Blog Click Here.

Wednesday, November 12, 2008

काम को कुरा ...

जापान आएर कामै नगरी बस्ने विद्यार्थी त शायद छैन होला। Scholarship मा आउने हरु को छुट्टै कुरा (काम गर्ने हरु पनि छन होला नगर्नेहरु पनि छन होला ) ट्युशन फी, घरभाढा , कतै घुमघाम , हल्का शपिङ आदी इत्यादि मा चहिने पैसा हरु पनि लगभग काम गरेको पैसा बाट नै खर्च गर्ने त हो । अझ कहिले कही घरमा पैसा पठाउने हरु पनि थुप्रै होला । यति धेरै ठाऊमा खर्च हुने पैसाको लागि काम गर्न कहिलेकाही भने चाँही अल्छि लागेर आउछ अनि अचानक छुट्टी लिन मन लाग्छ। कहिलेकाही चाँही यस्तै साथीभाइहरु सित जमघटको लागि अचानक छुट्टी लिईन्छ । तर अब काम गर्ने ठाउमा पनि "आज काम छुट्टी देउन" भनेर अचानक भनेर तुरुन्तै छुट्टी दिने कुरा पनि आउँदैन,त्यत्तिकै छुट्टी बस्यो भने भोली पल्ट पाइने लेक्चर ले गर्द हत्तपत्त आँट गर्न पनि सकिदैन। भने पछि अब कसरी छुट्टी लिने त ,काम छुट्टी लिने बाहना त चहियो। कहिले नदुखेको टाउको दुखाएर,पेट दुखाएर , आदी इत्यादी बाहना हरु, यो त सामान्य बाहनाहरु भैहाल्यो। कहिले काही त कस्तो सम्म हुन्छ भने, छुट्टी लिने बाहानाहरु सबै सकिसकेको हुन्छ, तर यसै प्रसंगमा मलाई अलि रमाइलो लागेको चाँही एकजना साथीले काममा छुट्टी लिने बेलामा रुघा लाग्यो भनेर एउटा नाक थुनेर छुट्टी मागेको । त्यती बेलामा यत्ति धेरै हाँसो लागेको थियो कि त्यो कुरा सम्झेर कहिले एक्लै सम्झेर पनि हाँसो लाग्ने । अनि अर्को साथीले चाँही उस्को गु** दुख्यो भनेर।।। हा हा। उता बाट के भन्यो यहाँ भन्न अलिक उपयुक्त हुँदैन जस्तो लाग्छ । यस्तै हो बिदेशमा सबै साथीहरु को छुट्टी भनेको बेलामा परिदिदैन । साथीभाई भनेको पनि चहिने , झन बिदेशमा भेट भएको साथीहरु अझ नजिक हुने रहेछ , (आफ्नै अनुभव) दुबै तिर एकैपटक म्यानेज गर्न पनि गार्हो पर्ने, कहिले काही ठिकै जस्तो पनि लाग्छ काममा अचानक छुट्टी लिएर साथीभाई लाई समय दिन पनि,तर सोच्ने हो भने चाँही ठीक चाँही हैन नि हैन ? किनकी उता पनि अरुहरुलाई गार्हो परिरहेको हुन्छ । जे होस् आज सम्म यसरी नै चलिरहेको छ।

0 comments :

Post a Comment

your comment goes here...