यतिकै ...
धेरै दिन पछी ब्लग लेख्न बसेको छु। (पहिले पनि त्यति धेरै त कहाँ लेखेको थियो र ? ) :) खासमा फोटो ब्लग भनेर यो ब्लग खोलेको थिए। अस्ती सेप्टेम्बरमा नारा र क्योटो को शैक्षिक भ्रमण पछी क्यामरा पनि बिग्री हाल्यो त्यसपछि त ब्लग पनि तेतिकै सेलाएको छ भन्नु पर्यो। फोटोग्राफीमा अली अली रुची भए तापनि त्यती राम्रो सित फोटो खिच्न चाँही आउँदैन। तर पनि त्यही अलि अलि रुचिले गर्दानै फोटो ब्लग चलाएको अब क्यामरा नकिनिन्जेल सम्मलाई त ब्लगलाई त्यतिकै ठण्डा राख्नु पनि भएन त्यसैले असुद्ध भए पनि यी शब्द हरु लेख्दै छु भन्नु पर्यो। ब्लगमा यो यो लेख्छु भनेर सोचेर टाईप गर्न बस्दा त के पनि लेख्न आउँदैन। हाहा ! बरु त्यो भन्दा त फोटो ब्लग नै सजिलो रहेछ। मलाई चाँही त्यस्तै लाग्यो। अब आजलाई पनि ........(?)
0 comments :
Post a Comment