To Follow This Blog Click Here.

Sunday, September 21, 2008

नारा, मिर्ग अनी बुद्द


 uploaded by Sherpa p.

यसपालीको नारा र क्योटो टुर जांदा TODAIJI भन्ने ठाउँमा भेटेको एउटा मिर्ग(यसलाई नेपालीमा कसरी लेख्छ मलाई थाहा भएन )नारा भन्ने ठाउँ पनि हामी बिदेशीहरुले घुम्नै पर्ने एउटा ठाउँ हो जस्तो लाग्यो मलाई । यो मिर्ग लाई देखेको मन्दिर भित्र एउटा ठुलो बुद्धको मुर्ती रहेछ । अनी त्यस्पछी यो मुर्तिको बर्णन गर्ने बेलामा हाम्रो गाईड बनाउदो जापानिज ले चाँही बुद्ध ईन्डियामा जन्मेको भनेर साह्रै पारो तताएको थियो । अनी त्यस्पछी त्यो गाईड लाई नै बुद्द कहाँ जन्मेको भनेर सिकाऊनु पर्‍यो। के गर्नु हामी नेपाली जत्ती उफ्रे पनि अरु ले भन्ने बेलामा बुद्द ईन्डियामा जन्मेको अनी सगरमाथा चाइनामा पर्छ भन्दो रहेछ, कत्ती स्पस्ठिकरण दीइरहनु जस्तो पनि लाग्छ। तर पनि देशको माया भनु कि हामी नेपालीले तेही बुद्द र सगरमाथाको नाम बेचेर परिचय दिएको बानीले गर्दा हो, अलिकती रिस चाँही उठिहाल्दो रहेछ अनी त्यस्पछी हैन हैन, बुद्द र सगरमाथा त नेपालको त भनेर भन्नु पारीहल्ने । त्यसैले हामीले पनि अहिले सम्ममा त्यसै गर्दै आइरहेको छौ ।

1 comments :

  1. Basanta said...

    क्योटो र नारा घुम्नैपर्ने ठाउँ हुन्। एकपटक घुमेको छु मैले पनि त्यहाँका केहि ठाउँहरु। तर अझै रहर पुगेको छैन त्यहाँ घुम्ने। घुम्ने ठाउँहरु पनि अझै धेरै बाँकी छन्।

    शेर्पाजी, बोलीचालीमा मिर्ग नै भनिन्छ, तर लेखाईमा मृग लेख्ने चलन छ।

Post a Comment

your comment goes here...