कलेजको हावा कुरा
हामी पढिरहेको कलेज बाट एउटा जापानिज हाई स्कूलमा नेपाल र नेपालीको कल्चर देखाऊने प्रोग्राम थियो। हामी पढिरहेको कलेजमा हामी जम्मा ५ जना मात्रै नेपाली छौ । त्यति जना मिलेर दामी प्रोग्राम देखाऊने भनेर तयारी पनि मज्जै सित गरेको थियो तर अन्तिम समयमा आएर त्यो प्रोग्राम नै क्यान्सिल भयो । नेपाल बाट सामन हरु मगाएर अनी अरु नेपाली कल्चर झल्किने समान हरु खोजिनिती गरेर जम्मा पारी सकेको थियो पनि । तर हाम्रो नि कलेज स्टार्ट भैसकेको र प्रोग्राम को डेट पनि बिहीवार र शुक्रबार परेछ। अनी परेन फसाद? खासमा त्यसबारेमा नसोचिएको पनि हैन। तर कलेजले पनि केही सोचेर नै हामीलाई त्यसरी प्रोग्राम गर्न दियो होला भनेर ढुक्क नै थियौ हामी सबै जना । तर अहिले अन्तिममा आएर त कलेजको पढाई नि छोड्न नमिल्ने त्यसैले अब अर्को पटक मौका आयो भने चाँही गरन पो भन्छ ।। कलेजले पनि त्यसरी रुटिन नै नहेरी त्यसरी हावामा भन्नु हुन्छ त ?
0 comments :
Post a Comment