To Follow This Blog Click Here.

Wednesday, March 04, 2009

एउटा नराम्रो कार्यक्रमको बारेमा


Beer Bottle, originally uploaded by sphuri.

अस्ति फेब्रुअरी २८ को दिन जापानको टोयोटा शहरको एक रेस्टुरेन्टमा शेर्पाहरुको नयाँबर्ष "लोसार" को कार्यक्रम आयोजना भएको थियो। मलाई पनि निमन्त्रणा आएको हुनाले अलिअलि ब्यस्त भएपनि समय निकालेर रातिको १२ बजे तिर त्यहा पुग्ने गरी म र एकजना साथी गएका थियौ। शेर्पाहरुको लोसार कार्यक्रम भए पनि अरु नेपाली दाजुभाइ दिदिबहिनीहरु पनि धेरैजना थिए। जम्मा जम्मी गरेर ९०, १०० जना जत्ति थिए होला। हामी त्यहाँ पुग्दा खेरिको बातावरण हेर्दा यस्तो लाग्थ्यो कि हामी लोसारमा आएको हो कि कुनै ठुलै भट्टि पसलमा छिरेको हो कि,त्यस्तै खालको बातावरण थियो त्यहा। त्यहा पुगेर हामी पनि बियर बाटनै शुरु भयो।(बाध्यता) एकछिन खाँदै, गफ गर्दै थियौ। आफ्नै किसिमको रमाइलो पनि भैरहेको थियो । एकाएक बियरको बोतल फुटाएको आवाज आयो। के भएछ भनेर हेर्दा २ जना लम्फुको झगडा भएछ। झगडा गरौ भएर त आएको थिएन होला तिनीहरु पनि; तर झगडा पर्नुको पछाडि प्रमुख दोष चाँही बढी बियरको नै रहेछ।(त्यस बेलाको अवस्था हेर्दा)हेर्दा)। हुन त ती केटाहरु झगडीय स्वाभबको नै रहेछ। नेपाल म बिग्रेर बाआमा ले ऋण काडेर बिदेश पठाएको रहेछ। त्यस्तो खालको केटाहरुले गर्दा पनि कार्यक्रम राम्रो हुन पाउदैन + रक्सीको बढी ब्यबस्थाले नि त्यस्तो हुने गर्दछ। किनकी भए पछि पिईहाल्छ अनि रक्सीले स्याललाई नि बाघ बनाउछ। त्यो प्रमाणित जस्तै हो। नत्र त्यस दिन झगडा पर्ने कारण नै थिएन। त्यो दिन को कार्यक्रममा बियर र अरु रक्सीहरु कत्ती रहेछ भने जत्ति खाए नि हुने रे, बेलुका को ८ बजे देखी बिहान ५ बजे सम्म। अब यहाँ तिर एउटा प्रश्न के उठ्छ भने, त्यसरी १०००० येन उठाएर पोखरी नै हुने जत्तिको रक्सी किनेर सब लाई डुबाउनु भन्दा ४,५ हजार येन जत्ति उठाएर अलि सभ्य किसिमको कार्यक्रम पनि गर्न सकिन्थ्यो नि त। त्यता तिर जहिले पनि किन आयोजक हरु चुक्छ कुन्नी? रक्सी खाएर टिल बहादुर भएको आयोजक कमिटी को एक जना जिम्मेवार मान्छेले माइकको अगाडी बोलेको शब्द सुन्दा म आफुलाई शेर्पा भएकोमा लाज लागेर आयो। किनकी त्यस्तो घ्रिणित शब्द त खुस्केट ले नि बोल्दैन। अनि अर्को कुरा,शेर्पाको लोसार अनि शेर्पा को संस्कार को जगेर्नाको लागि गरेको कार्यक्रम रे शेर्पा बोलेको नि सुनिएन,निमन्त्रणा कार्डमा अनुरोध गरे जस्तो परम्परागत पोशाकमा आएको नि खासै देखिएन,एकदम हल्का कार्यक्रम भएको थियो। कार्यक्रम त सबै जम्मा गरेर रक्सी खुवाउने पो रहेछ, त्यस्तै हो भन्ने थाहा पाएको भए त जान्न थे होला। सबै कमजोरी भनेको आयोजक कमिटीको नै हो भनेर त भन्दिन, किनकी हाम्रो समाज नै त्यस्तै छ। रक्सी नभै त कुनै कार्यक्रम नै हुँदैन जस्तो ठान्ने हरु नि छन नि त, तर अब आईन्दा देखी यस्तो कार्यक्रम गर्ने हो भने देखी बरु थोरै पैसा उठाउने अनि रक्सी पनि थोरै राख्ने, त्यस्तो भयो भने कार्यक्रम पनि राम्रो हुन्छ + झगडा पनि हुँदैन।
*P.S. यो भन्दा बढी लेख्न मन थियो, उति लेख्ने मन्न्छे नि परिएन त्यसैले अल्छि लाग्यो। अनि मेरो मनमा लागेको अर्को कुरा: यस्तै किसिमको कार्यक्रम गरिन्छ भने त्यो संस्कार जगेर्नाको लागि नभएर संस्कार बिनाशको उदघाटन कार्यक्रम हुनेछ जस्तो लाग्दछ।
##यस्तो टुप्पा न फेदको लेख ले यहाँको समय खेर गराएकोमा माफ पाउ है ।

1 comments :

  1. Basanta said...

    फुरी भाइ, यस्तै कार्यक्रमहरु र यस्तै मान्छेहरुले गर्दा नेपालकै बेइज्जत भइसकेको छ। अब नेपालीहरुको कार्यक्रमबाट जाँडरक्सी पूरै हटाउनुपर्छ, नत्र सधैं यस्तै हो। खान त जापानीहरुले पनि कम्ति खाँदैनन्! मरुञ्जेल पिउँछन् कहिलेकाहीँ उनीहरु पनि तर हिंस्रक र झगडिया बन्दैनन्। हामी नेपालीको जीनमै केहि गडबडी छ जस्तो छ:)

Post a Comment

your comment goes here...