To Follow This Blog Click Here.

Thursday, December 25, 2008

नेपाल इन जापान


Nepal In Japan, originally uploaded by Sherpa p.

जापानको टोक्योमा बर्षेनी "नेपाल इन जापान" भन्ने नेपाली साँस्कृतिक कार्यक्रम हुन्छ, (शायद धेरैलाई थाहा नहुन सक्छ ) यस्तै कार्यक्रम नेपालमा पनि "जापान इन नेपाल " भन्ने शिर्षकमा हुन्छ। यो कार्यक्रम को सन्चालन वोकामोतो मल्ल युको भन्ने जापानी नेपाली ले गर्नु हुन्छ। उहाले कत्ती दु:ख गरेर यसरी नेपालको कार्यक्रम जापानमा सन्चालन गर्नु हुन्छ तर हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी हरुले वास्ता नगरेको जस्तो हुन्छ। यो कार्यक्रम जापानी दर्शकहरुको लागि मात्रै नभएर हामी नेपालीहरुको लागि पनि उत्तिकै महत्वपूर्ण छ जस्तो लाग्छ। त्यसैले पनि उहा जस्तो नेपाललाई माया गर्ने मान्छेलाई उहाले सन्चालन गरेको कार्यक्रममा गैदिएर हौसला दिनु पर्ने हो जस्तो लाग्छ। म जहिले उहाको कार्यक्रममा जाने बेलामा नेपाली दर्शकको संख्या नगन्य मात्रमा हुने गर्छ। दर्शक संख्यामा आएको कमिले गर्दा नै होला , यो कार्यक्रम अब देखी २ बर्षको १ पटक मात्रै गर्ने कुरा जस्तो मैले सुनेको छु। जुन राम्रो कुरा हैन नि ! अरु कुरा भनेको यस्तै हो उहाले टोक्योको माचिदा भन्ने शहरमा एउटा नेपाली रेस्टुरेन्ट नि चलाऊनु हुन्छ। उहाको रेस्टुरेन्ट को पेज यो लिन्क मा http://www.geocities.jp/tenkunomai/

0 comments :

Post a Comment

your comment goes here...