To Follow This Blog Click Here.

Friday, November 14, 2008

दौरासुरुवालमा आँफै!

IMG00009

यो फोटो चाँही आफ्नै सानो कोठामा खिचेको, राम्रो छैन त दौरासुरुवालमा रे क्या...

************************

यो हप्ता नेपालको बारेमा २,३ वटा परिचयात्मक कार्यक्रम भएकोले जन्मे देखी पहिलो पटक दौरासुरुवाल लगाउने मौका पनि पाइयो। अलि अप्ठ्यारो लागेको थियो। तैपनि लगाए। कोठाबाट बाहिर निस्केर नागोया स्टेशन पुग्दा सम्म धेरै जना मान्छे ले हेरेर लाजै लागेको थियो। तर पनि रमाइलो अनुभव भयो। १ जनाले चाँही कहाँको ड्रेस भनेर सोधेको थियो नत्र अरुहरु सबै हेर्ने हरु मात्रै थिए। फेरी कलेज पुगे पछि चाइनिज हरुले दिक्क बनाएर। जो भेटे पनि नेपालको लुगा हो ? भनेर सोध्ने , थाहा रैछ त किन सोधेको भनेर भन्दा पनि फेरी सोध्नु पर्ने रे.

1 comments :

  1. Basanta said...

    आफूले भने जापानमा कार्यक्रमहरुमा त के जिन्दगीमै अहिलेसम्म दौरा-सुरुवाल-कोट लगाएको छैन। जापान आउँदा हाल्न पनि बिर्सिएछ। गईएका कार्यक्रमहरुमा अरु साथीहरुले लगाएका छन्।

Post a Comment

your comment goes here...