To Follow This Blog Click Here.

Saturday, October 18, 2008

The Most viewed Nepali online news portal को हालत

सबैभन्दा धेरै हेरिने नेपाली न्युज पोर्टल भनेर दाबी गर्ने नेपाली अन्लाईन न्युज पोर्टल को यस्तो छ हालत। कुरा के पर्‍यो भने हिजो यसो साईट घुम्दै गर्दा नेपाली विनिमय दर हेर्दा येन को खरिद दर ६।०२ र बिक्रिदर् ७।०२ रहेछ । शुरुमा त छक्कै परे कसरी यत्तिको फरक भनेर तर पछि ई-कन्तिपुरको पेज मा गएर हेर्दा पो!!!??? भने पछि nepaljapan.com ले त कुन जमानादेखी बिनिमय दर त अप्डेटनै पो गरेको छैन छ त। शायद कहिले सम्म पनि अप्डेट गर्दैन जस्तो छ। ठिकै छ यसरी सबै बिषयबस्तु लाई समेटेको त राम्रै हो तर अप्डेट नै नगर्ने हो भने किन राख्नु बेकारमा । पेजको स्पेस मात्रै ओगट्ने, बरु बिज्ञापन मा त्यो स्पेस प्रयोग गर्‍यो भने सुका त आउछ होला। हुनत त्यो पेजमा बिज्ञापन पनि कस्तो राखेको छ भने, पेज खुल्ने बित्तिकै दाँया पनि बाँया पनि आँखानै तिर्मिराउने खालको फ्लाश् बिज्ञापन हरु। सर्च बक्स राखेको रहेछ , त्यो पनि पेज को पुच्छर भन्दा अलिकती माथि। त्यहा तिर राखेर के अर्थ छ र ? तर नेपालजापान एक्लै को समस्या हैन यो धेरै नेपाली खबर हरु को पेजको हालत यस्तै देखेको छु।

3 comments :

  1. Basanta said...

    क्या ठ्याक्क गल्ती/कमजोरी अँठ्याउनुभयो फुरीजीले! हामी नेपालीको चालै यस्तै हो, हामीलाई झल्याक-झुलुक, झिलिमिली सबै चाहिन्छ तर समय-समयमा आवश्यक अपडेट गरिरहन भने अल्छी लाग्छ।

    अनि अर्को कुरा, 'सबैभन्दा बढी हेरिने न्यूज पोर्टल' यहि हो भनेर कसरी थाहा भयो? यो nepaljapan.com आफैंले चलाएको 'मपाईँ' हल्ला त होइन कतै?

  2. sphuri said...

    धन्यवाद दाई , यस्तै हो दाई के गर्नु।

  3. Anonymous said...

    u r 100% right man.

Post a Comment

your comment goes here...