To Follow This Blog Click Here.

Sunday, November 29, 2009

ब्लगमा केहिपनि पोस्ट नभएको पनि ५ महिना???

ब्लगमा केहिपनि पोस्ट नभएको पनि ५ महिनापो पुग्न लागेछ त गाँठे! खासमा फोटो ब्लगिङ गरु भनेर शुरु गरेको , फोटोग्राफी सम्बन्धी ज्ञान नभए पनि रुचीले नै केही पोस्ट हरु गर्दै थिए एकपटक त क्यामरा नै फुटिहाल्यो त्यस पछि ब्लगमा पोस्ट गर्ने काम पनि केही समय बन्दनै भयो, अनि त्यसको केही समयपछि क्यनोनको एउटा डिएसएलआर क्यामरा किनेर ब्लगलाई सुचारु गर्ने काम सम्म भएको थियो, त्यो क्यामरा पनि कोठाबाटै चोरी भैहाल्यो, त्यस्पछी आज को दिन सम्म आइपुग्दा ब्लगमा पोस्ट नगरेको पनि ५,५ महिनापो भएछ। फोटो नभए पनि ब्लगमा केही लेखेर पोस्ट गरे पनि हुनेथियो, तर के गर्नु आफ्नो लेखाइ भनेको त्यस्तै हो, आँफैले लेखेको आँफैले पढ्यो भने लाजै लाग्ने खालको हुन्छ र पो त,त्यसैले पनि लेख्ने जागर नै चलेन। क्यामरा कसले चोरेछ भनेर आफ्नै किसिमले खोज्ने प्रयास पनि गरेको हो तर कहाँ भेट्टाउनु! कोठाबाट मेरै मात्रै क्यामरा चोरी हुनु नै पर्ने त ?कसरी यस्तो भयो?किन भयो त ? आँफैलाई नै थाहा छैन, कोठामा मेरो बाहेक साथीको पनि एउटा घडी पनि चोरी भएछ। शंकास्पद ब्यक्ती भनेको एउटा चाइनिज केटो केही दिन अघि आएको थियो, पैसा सपाटी माग्नलाई। त्यो चाइनिज केटोलाई शंका गर्ने ठाउँ  प्रशस्तै छ, किनकी कलेज बाट केही समय अघि मात्रै रेस्टिकेट भएको केटो हो त्यो अनि पैसा सापटी माग्न आएको बेलामा टन्नै गाली पनि गरेर पठाएको हो तर यदि त्यसले चोर्ने नै हो भने त कम्प्युटर पनि थियो, आईपड पनि थियो,अनि अरु अरु समान पनि थियो, किन मेरै मात्रै त? आफ्नै नजिकको साथीहरु लाई शंका गर्ने कुरा पनि आएन,किनकी हामी बीच त्यस्तो केही पनि नराम्रो भएकै थिएन, जे भए पनि अचम्मै छ, अचम्म आज सम्म पनि लागिरहेको छ। अब जे जस्तो भए पनि फेरी ब्लग लाई चाँही कसरी निरन्तरता दिन सकिन्छ होला भन्ने कुराकै पिर छ, बसन्त दाईको हालसालैको पोस्टले भने जस्तै दुईवटा पोस्ट को बीचको अन्तराल सकेसम्म उत्तिकै राख्नु राम्रो हुन्छ भने जस्तै त्यसै गर्न सके त राम्रो हुने थियो, तर अब देखि सक्दो कोशिस गरि हेर्नु पर्‍यो। हुन त कोशिस गर्छु नै भएर केही महिना अघि आफ्नै डोमेन पनि लिएको थिए। झन त्यस पछी त ब्लग नै ठप्पै पो हुनु लाग्यो त। यो त भएन नि यार, अब देखि चाँही अली अली लेख्नु पर्‍यो। लेखाइमा नपुगेको कुराहररुमा चाँही यो ब्लग हेर्ने दाईहरु, साथी हरुको सल्लाह पाउने आशा छ। अब आज लाई चाँही यत्ति नै लेख्नु पर्‍यो।

1 comments :

  1. Anonymous said...

    kンxgg @@asdghjasuuuウ

Post a Comment

your comment goes here...