To Follow This Blog Click Here.

Friday, April 17, 2009

एउटा कुरा

हिजो राती म साथीको कोठामा गएर फर्कदै थिए। आउने जाने बाटोको छेउमा अस्ति देखिनै एउटा बार बन्दै थियो । हिजो हेर्दा त सजाएर झिलिमिली पारेको रहेछ। अनि एक्छिन बार बहिर राखेको मेनु हेर्दै थिए। एउटा केटा निस्केर आयो। जापानिज बाट "आसिताकारा ओपुनिङ्गु देसु।"(भोली बाट खुल्दै छ) भनेर भन्यो। मलाई त्यो केटा हेर्दा खेरी नेपाली जस्तो जस्तो लाग्यो। मैले अङ्रेजीमा कहाँ बाट आको भनेर सोधे। अनि ईन्डिया बाट आको भनेर उत्तर दियो। अब सोध्ने पालो त्यस्को अनि भन्ने मेरो । मैले , नेपाल बाट आको भनेर भने। मैले नेपाल बाट आको भने पछी त्यो केटा त उसले ईन्डिया बाट आको भन्ने उत्तरलाई फेरेर म पनि नेपाली नै हो, तर ईन्डियामा जन्मेको पो भन्छ। खासमा त्यो केटा नेपाली नै रहेछ। हा हा हा , मलाई एक्लै हास पनि उठ्यो, रिस पनि उठ्यो। त्यो भन्दा नि मनमा कता कता नरमाइलो लागेर पनि आयो। हामी नेपालीहरु आफुलाई नेपाली हुँ भन्दा के हुन्छ र ? त्यो केटा ले किन त्यसरी आफ्नो पहिचाननै लुकाउनु परेको होला ? आफुलाई नेपाली भनेर ढाँटेर त के परिचय दिई भो र यार! यहाँ जापान सम्म आईपुगेको नि नेपाली पासपोर्ट प्रयोग गरेर नै त होला। ?  यत्तीनै , लेख्न नि आएन ।।।

1 comments :

  1. वसन्त बलामी said...

    हाय पैसा कमाउन गएका नेपालीको बुद्धि , आफ्नो परिचय नै झुठो दिने कति सम्मको स्वार्थी रहेछन् ति । तिनको नाम चाहीँ के हो सार्वजनिक गर्दिनुहोस् न ।

Post a Comment

your comment goes here...