आकाचुकी हाइस्कूलमा भेटघाट कार्यक्रम
हिजो आकाचुकी हाइस्कुलमा त्यहाँको International Friendship Club ले आयोजना गरेको भेटघाट कार्यक्रमको फोटो,
सो अवसरमा हामी ३ जना नेपाली हरु गएका थियौ र त्यहाको विद्यार्थीहरु जम्मा ४ जना थिए। छोटोमिठो परिचय बाट शुरु भएको कार्यक्रम आधा भागतिर बाट याकिशोबा बनाएर खाँदै खाँदै सकियो । लगभग २ घण्टा जतिको कार्यक्रममा याकिशोबा बनाउदै,खाँदै नेपालको बारेमा सकेसम्म जानकारी दिने प्रयास गरियो,अनि हाम्रो जापानको रहन सहन को बारेमा पनि अलि अलि भनियो, उनिहरुको बारेमा पनि धेरथोर जानकारी पाइयो, जापानको बारेमा अहिलेसम्म थाहा नभएका कतिपय कुराहरु पनि बुझ्ने मौका पाइयो । मज्जा भयो हिजो ।
***************************
थप फोटो हरु :
हामी केटाहरु मात्रै आउछ भनेर होला कि? सबै विद्यार्थीहरु केटीहरु मात्रै थियो । :)
** फोटोचाही मोबाईल को क्यामराले खिचेको , गुणस्तरको आएन





1 comments :
फोटोहरु त गज्जब छन् नि भाइ!
四日市大学लेख्या देखें माथि। नागोयामै छ यो?
Post a Comment